नीतिकार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय

नीतिकार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय

२०७८, जेठ २० बिहिवार

  • 1.8K
    SHARES

  • नीतिकार्यक्रम एक ढिक्का भएर पारित गराउने एमाले संसदीय दलको निर्णय

    रुपन्देही । लुम्बिनी प्रदेशसभा नेकपा(एमाले) संसदीय दलले सरकारको नीति तथा कार्यक्रम एक ढिक्का भएर पारित गराउने निर्णय गरेको छ ।  

    प्रदेशसभाको आजदेखि शुरु भएको आठौंँ अधिवेशनअघि दलको धारणा तय गर्न बसेको संसदीय दलको बैठकले विपक्षीको सामना गर्दै बजेट पारित गराउने निर्णय गरेको प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।

    बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्य सतर्कता अपनाएर प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए ।  बैठकमा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापविरुद्ध सबै सदस्य एकसाथ उभिन एकमत भएको प्रमुख सचेतक ढकालले बताए ।

    २०७८, जेठ २० बिहिवार०७:०१:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार