सुदूरपश्चिममा सङ्क्रमित हुने भन्दा निको हुने धेरै

सुदूरपश्चिममा सङ्क्रमित हुने भन्दा निको हुने धेरै

२०७८, जेठ २० बिहिवार

  • 1.1K
    SHARES

  • सुदूरपश्चिममा सङ्क्रमित हुने भन्दा निको हुने धेरै

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४घण्टामा  कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ ।  सो अबधिमा एक हजार ३२८ सङ्क्रमित घर फर्किएका छन् भने ३२८ सङ्क्रमित थपिएका छन् । 

    स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार  प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङ जिल्लाका गरी चार सङ्क्रमितको मृत्यु भएको छ । यो समेत हालसम्म मृतकका सङख्या   ५१६ जना पुगेको छ ।

    प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आज सम्म दुई लाख ३४हजार ६३२जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ । 

    प्रदेशका विभिन्न १२अस्पतालका भेन्टिलेटरमा आठ, सघन उपचार कक्षमा १४ र कोभिड वार्डमा ३६  बिरामी उपचाररत् छन् । कोरोना भाइरसका सक्रिय सङ्क्रमित पछिल्ला दिनमा घट्दै गएका छन् ।

    एक हप्ता अघिसम्म प्रदेशमा दश हजार ५२ जना सक्रिय सङ्क्रमित रहेकोमा आज यो सङ्ख्या घटेर पाँच हजार २७३पुगेको छ ।

    दोस्रो लहरको कारोना भाइरस फैलिदेखि यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङ्क्रमित थपिएका थिए । साथै  सबै भन्दा बढी  ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो ।  

    यसै बीच कैलाली जिल्लामा स्थानीय प्रशासनद्वा जारी निषेधाज्ञाको अबधि यही जेठ ३१ सम्म थपिएको छ । 

    २०७८, जेठ २० बिहिवार०६:४६:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार