प्रदेश नं १ को बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान

प्रदेश नं १ को बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान

२०७८, जेठ २१ शुक्रवार

  • 2.4K
    SHARES

  • प्रदेश नं १ को बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान

    विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  प्रदेश नं १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन यही जेठ २४ गते दिनको २ बजे का लागि आह्वान गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गरेका कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए ।

    प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार वैठकको आह्वान गरिएको हो ।

     

    २०७८, जेठ २१ शुक्रवार०७:२४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार