आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु

आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु

२०७८, जेठ २१ शुक्रवार

  • 1.2K
    SHARES

  • आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु

    किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ ।

    गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहालले जानकारी दिए । 

    सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो ।

    आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको उनले जानकारी दिए ।  

    २०७८, जेठ २१ शुक्रवार१२:२६:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार