कम मात्रामा इन्धन वितरण गरेको आरोपमा लाहानको लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

कम मात्रामा इन्धन वितरण गरेको आरोपमा लाहानको लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

२०७८, जेठ २३ आइतवार

  • 1.0K
    SHARES

  • कम मात्रामा इन्धन वितरण गरेको आरोपमा लाहानको लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

    लाहान । लाहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको छ ।

    गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लगाएको थियो । यसपछि सो टोलीले  मेसिनलाई बन्द गरी सिल गरेकोे थियो ।

    साथै पेट्रोल पम्प सञ्चालकलाई अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि सो कार्यालयमा आवश्यक कागजात सहित तीन दिन भित्र उपस्थित हुन पत्र काटेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

    सो अनुगमन टोलीले लहानस्थित बालाजु ट्रेड सेन्टर, बजरंग तेल बिक्री, फुलबारी आयल स्टोर र श्री लक्ष्मी जि ट्रेडर्स पेट्रोल पम्पको अनुगमन गरेको जनाइएको छ । 

    २०७८, जेठ २३ आइतवार०२:३८:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार