कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको निधन

कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको निधन

२०७८, जेठ २५ मंगलवार

  • 1.5K
    SHARES

  • कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष बरुवालको निधन

    ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । गत वैशाखमा न्युयोर्क पुगेका बरुवालको उपचारका क्रममा गए राति १०ः३० बजे न्युयोर्क अस्पतालमा निधन भएको हो । 

    बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि झण्डै एक महिनादेखि उपचारमा रहेका थिए । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए ।  

    झापा घर भएका ५३ वर्षीय बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएका उनका समकक्षी रामप्रसाद पौडेलले जानकारी दिए । उनका परिवारमा ९० वर्षीय आमा सहित श्रीमती र २ छोरा छन् । 

    २०७८, जेठ २५ मंगलवार१०:०९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार