कर्णाली प्रदेशसभाको बैठक आज बस्दै 

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै 

२०७८, जेठ २६ बुधवार

  • 1.0K
    SHARES

  • कर्णाली प्रदेशसभाको बैठक आज बस्दै 

    कर्णाली । कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि आज पनि प्रदेशसभा बैठक बस्न सकेन ।

    प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोखेका थिए ।

    दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए । आज बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच तीन घण्टा वार्ता भयो । त्यसको टुङ्गो नलागेपछि बैठक नै बस्न सकेन ।

    दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते अपराह्न २ः०० बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको छ ।

    २०७८, जेठ २६ बुधवार०७:०२:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार