पञ्चेबाजाका गुरुको निधन

पञ्चेबाजाका गुरुको निधन

२०७८, जेठ २७ बिहिवार

  • 2.2K
    SHARES

  • पञ्चेबाजाका गुरुको निधन

    दुल्लु । दैलेखमा पञ्चेबाजा र दाइने दमाह बाजाका गुरु मानिने मानबिरे दमाईँको निधन भएको छ । 

    आठबिस नगरपालिका –१ का दमाईको ८८ वर्षको उमेरमा  आज दिउँसो निधन भएको स्थानीयबासी दिपक नेपालीले जानकारी दिए । दमाईँ लामोसमयदेखि दमको रोगबाट पीडित थिए ।

    कुनै बेला कुनै गाउँमा पञ्चेबाजा, हुड्के नाचमा उनको माग हुने र उनको दमाह बज्दा गाउँमा भीड नै लाग्ने गरेको थियो । ठुला घरमा विवाह उत्सवमा हुँदा प्रायः उनले नै बजाउने गर्थे । 

    पूर्व राज्यमन्त्री शिवराज जोशी, आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायलगायत विभिन्न जनप्रतिनिधिले दमार्ईँको निधनबाट अपूरणीय क्षति भएको बताउँदै श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

    २०७८, जेठ २७ बिहिवार०६:५३:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार