लाइफलाइनमा अध्ययनरत छात्राको रहस्यमय मृत्यु

लाइफलाइनमा अध्ययनरत छात्राको रहस्यमय मृत्यु

२०७८, जेठ २७ बिहिवार

  • 1.4K
    SHARES

  • लाइफलाइनमा अध्ययनरत छात्राको रहस्यमय मृत्यु

    दमक । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ ।

    दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । 

    प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए ।  

    घटनालगत्तै पीडितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले भने तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताइएको छ ।

    २०७८, जेठ २७ बिहिवार१२:५२:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार