मुस्लिम आयोगका पूर्व सदस्य मियाँको निधन

मुस्लिम आयोगका पूर्व सदस्य मियाँको निधन

२०७८, जेठ २७ बिहिवार

  • 1.2K
    SHARES

  • मुस्लिम आयोगका पूर्व सदस्य मियाँको निधन

    दमौली । मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ ।

    तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो । मियाँ नेपाली काङ्ग्रेसका वडा सभापति समेत हुनुहुन्थ्यो ।

    बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताउनुभएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । “राति अलि पेट पोल्यो पनि भन्दै हुनुहुन्थ्यो, अचानक मृत्यु भयो,” पारिवारिक स्रोतले भन्यो । 

    २०७८, जेठ २७ बिहिवार०१:२५:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार