निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना

निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना

२०७८, जेठ २८ शुक्रवार

  • 1.5K
    SHARES

  • निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना

    चितवन । कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् ।
     
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् ।

    घरेलु हिंसाका घटना १३ वटा, जबरजस्तीकरणीका ३ वटा, जबरजस्तीकरणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका १/१ वटा मुद्दा दर्ता भएका छन् ।
     
    निषेधाज्ञाको समयमा महिलामाथि हुने घटना नरोकिएको उनले बताए  । निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडित हुने गरेको उनले जानकारी दिए ।

    थापाले भने “घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलाहरु बढिरहेका छन् ।” कोभिड १९ का कारण स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञाको समयमा मात्र यी घटना भएका हुन् ।

    २०७८, जेठ २८ शुक्रवार०२:०१:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार