राजविराज बरसाइनबाट अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

राजविराज बरसाइनबाट अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

२०७८, जेठ २९ शनिवार

  • 2.7K
    SHARES

  • राजविराज बरसाइनबाट अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

    सप्तरी । सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

    बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेको अवस्थामा बोदे बरसाइन–९ स्वर्णपट्टीबाट पक्राउ गरिएको काफ्लेले बताए ।

    मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

    २०७८, जेठ २९ शनिवार१२:३३:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार