प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

२०७८, जेठ ३१ सोमवार

  • 1.9K
    SHARES

  • प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

    कर्णाली । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेकी छन् ।

    प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले प्रधानमन्त्री ओलीको जीवन रक्षा हुनुपर्ने धारणा राखीन् ।  

    “मान्छे मार्छु भन्ने सर्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?” प्रश्न गर्दै उनले भनिन् “त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मार्ने अभिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ? त्यसैले यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।”

    उनले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हिरासतमा राखी कारवाही माग गरिन् । 

     

    २०७८, जेठ ३१ सोमवार०७:४१:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार