कर्णाली प्रदेश एमाले संसदीयदल बैठकमा चार सदस्य अनुपस्थित

कर्णाली प्रदेश एमाले संसदीयदल बैठकमा चार सदस्य अनुपस्थित

२०७८, आषाढ १ मंगलवार

  • 1.4K
    SHARES

  • कर्णाली प्रदेश एमाले संसदीयदल बैठकमा चार सदस्य अनुपस्थित

    सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन् ।  

    प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने  कार्यसूची छ ।

    आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उनीहरुलाई पत्राचार गरिएको बताइएको छ । संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै  सदस्य अनुपस्थित भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए । 

    २०७८, आषाढ १ मंगलवार१२:५७:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार