सिन्धुपाल्चोकमा बाढी पहिरोबाट भिषण क्षति, ७ जनाको मृत्यु  

सिन्धुपाल्चोकमा बाढी पहिरोबाट भिषण क्षति, ७ जनाको मृत्यु  

२०७८, आषाढ २ बुधवार

  • 2.0K
    SHARES

  • सिन्धुपाल्चोकमा बाढी पहिरोबाट भिषण क्षति, ७ जनाको मृत्यु  

    चौतारा । मंगलवार साँझ देखि आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा सात जनाले ज्यान गुमाएका छन् । स्थानिय जनप्रतिनिधिका अनुसार अहिले ७ जनाको निधन भईसकेको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले बताए । तर यो भन्दा बढि क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । 

    मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

    हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

    मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको पनि उनले बताएका छन् । 

    त्यस्तै, मेलम्ची बजारस्थित एउटा घरको छतमा चार जना फसेका छन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ ।

    उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकप्टरबाट गइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । 

    २०७८, आषाढ २ बुधवार०९:२६:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार