सुनकोशीमा तीन शव फेला

सुनकोशीमा तीन शव फेला

२०७८, आषाढ २ बुधवार

  • 1.1K
    SHARES

  • सुनकोशीमा तीन शव फेला

    सिन्धुली । सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् ।

    कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उनले जानकारी दिए । 

    २०७८, आषाढ २ बुधवार०९:२५:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार