जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुईको मृत्यु

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुईको मृत्यु

२०७८, आषाढ ६ आइतवार

  • 1.7K
    SHARES

  • जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुईको मृत्यु

    वीरगन्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुर्य मजदुरको मृत्यु भएको छ । फर्निस आयल राखेको ट्याङ्की पड्किएर आगलागी हुँदा भारतको विहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।

    आगलागीमा अन्य तीन जना घाइते भएका छन् । शनिवार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत राजकुमार विक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते छन् ।

    घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    नेपाल आयल निगमको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

    २०७८, आषाढ ६ आइतवार०९:१७:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार