धनुषामा पनि असार १४ सम्म निषेधाज्ञा

धनुषामा पनि असार १४ सम्म निषेधाज्ञा

२०७८, आषाढ ७ सोमवार

  • 1.1K
    SHARES

  • धनुषामा पनि असार १४ सम्म निषेधाज्ञा

    जनकपुरधाम । धनुषा जिल्लामा सात दिन फेरी निषेधाज्ञा आदेश थप गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञा आदेशमा सामान्य हेरफेर गरी आज राति १२ बजेबाट पुनः ७ दिन थप गरी निरन्तरता दिइएको छ ।

    यस अघि १२ बजेसम्म आवश्यकीय पसल सञ्चालन गर्ने आदेश भएकोमा यस पटक सो समयमा परिवर्तन गरी साँझ ३ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।

    कार्यालय सञ्चालन सन्दर्भमा सरकारी, अर्ध सरकारी, स्थानीय तह तथा संस्थानहरूले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

    विद्यालयहरूमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरू वितरण गर्न व्यवस्था गर्न सकिने, बैङ्क तथा वित्तीय संस्थाहरूमा नियमित सेवा सुचारू गर्न पाउने आदेश दिइएको छ ।

    २०७८, आषाढ ७ सोमवार०४:४०:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार