बैंकिङ कसुरका दोषी कारागार चलान

बैंकिङ कसुरका दोषी कारागार चलान

२०७७, मंसिर ३० मंगलवार

  • 1.7K
    SHARES

  • बैंकिङ कसुरका दोषी कारागार चलान

    मंसिर ३०, काठमाडौँ ।

    बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति कारागार चलान भएका छन् । चेक अनादर मुद्दा (बैंकिङ कसुर)मा दोषी ठहर भई फरार रहेका काठमाडौँ महानगरपालिका–११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार आज कारागार चलान भएका हुन् । 

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको कलङ्कीमा लुकिछिपी बसिरहेका अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतले आजै कारागार चलान गर्न आदेश जारी गरेको हो ।

    उनले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानीजानी काठमाडौँका नानीबाबु खरेललाई रु एक करोड ६३ लाखको चेक काटेर दिई फरार रहेको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । 

    अदालतमा दायर भएको सो मुद्दामा चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौँ जिल्ला अदालतले एक महिना कैद र रु तीन हजार जरिवानाको सजाय सुनाएको थियो । उनीबाट रु एक करोड ६३ लाख बिगो भराउने फैसलासमेत भएको थियो । 

    २०७७, मंसिर ३० मंगलवार०७:१८:१५
    प्रतिक्रिया
    सम्बन्धित समाचार