भिरबाट लडेर वडासदस्यको मृत्यु

भिरबाट लडेर वडासदस्यको मृत्यु

२०७८, आषाढ ८ मंगलवार

  • 1.0K
    SHARES

  • भिरबाट लडेर वडासदस्यको मृत्यु

    जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । 

    भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएका थिए ।

    घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् ।

    २०७८, आषाढ ८ मंगलवार११:४०:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार