भर्चुअल माध्यमबाट ङिस्याङ गाउँपालिकाको गाउँसभा

भर्चुअल माध्यमबाट ङिस्याङ गाउँपालिकाको गाउँसभा

२०७८, आषाढ १० बिहिवार

  • 1.6K
    SHARES

  • भर्चुअल माध्यमबाट ङिस्याङ गाउँपालिकाको गाउँसभा

    मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको नवौँ गाउँसभा बिहीबारदेखि भर्चुअल माध्यमबाट शुरु भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष कान्छा घलेले आगामी २०७८-७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।  

    उनले बाढीपहिरोको जोखिम र कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेकाले आगामी वर्ष यसलाई मुख्य प्राथमिकतामा राखिने बताए । “बाढीपहिरोले भौतिक पूर्वाधारहरूमा क्षति पुर्याएको छ, यसको समाधानका लागि बढी प्राथमिकता दिनेछौंँ”, घलेले भने ।  

    बाढीपहिरोले एक गाउँ वा बस्तीबाट अर्को स्थानमा पुग्न सक्ने अवस्था नरहेकाले भर्चुअल माध्यमबाट गाउँसभा गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिए । एकै स्थानमा जमघट हुने अवस्था नहुँदा वडा–वडा तथा सहज हुने स्थानबाट नै वडाध्यक्ष तथा वडासदस्यहरु, कार्यपालिका सदस्यहरुबीच भर्चुअल माध्यमबाट नीति तथा कार्यक्रम पारित गरी सार्वजनिक गरिने भएको छ ।  

    ढकालका अनुसार आगामी वर्ष परिणाममुखी भन्दा पनि विपद्को व्यवस्थापनलाई जोड दिइनेछ । नीति तथा कार्यक्रममा विपद्बाट क्षति भएका भौतिक पूर्वाधार र कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई विशेष महत्व दिइनेछ । 

    अन्य स्थानीय तहमा भने गाउँसभा नहुने भएको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकामस्थित चामे गाउँपालिका, नासों गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको  गाउँसभा हुने छैन । मस्र्याङ्दीमा आएको बाढीले सबैभन्दा बढी नासों गाउँपालिकामा क्षति पुगेको छ । बाढीले गाउँपालिकाको भवन बगाएको छ ।  

    २०७८, आषाढ १० बिहिवार१२:५४:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार