जनकपुरधामको बजेट रु एक अर्ब ४७ करोडः स्वास्थ्य स्वयंसेविका र पत्रकारलाई प्रोत्साहन

जनकपुरधामको बजेट रु एक अर्ब ४७ करोडः स्वास्थ्य स्वयंसेविका र पत्रकारलाई प्रोत्साहन

२०७८, आषाढ ११ शुक्रवार

  • 1.0K
    SHARES

  • जनकपुरधामको बजेट रु एक अर्ब ४७ करोडः स्वास्थ्य स्वयंसेविका र पत्रकारलाई प्रोत्साहन

    धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि रु एक अर्ब ४७ करोड ३० लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ ।

    उपमहानगरपालिकाको सातौंँ नगरसभामा उपप्रमुख रीताकुमारी झाले चालु खर्चतर्फ रु ९८ करोड २०लाख ६० हजार र पूँजीगततर्फ रु ४९ करोड ५० लाख २३ हजार विनियोजन गरिएको जानकारी दिए । 

    उपमहानगरपालिकाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रकमका अतिरिक्त स्वास्थ्यतर्फ रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

    जनकपुरधाम पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धित विविध कार्यक्रमका लागि रु ५० लाख विनियोजन गरेकोछ । आगामी आवदेखि उपमहानगरपालिका भित्र स्नातकस्तरको प्राविधिक शिक्षालय सञ्चालन अनुमति प्राप्त गरी प्राविधिक शिक्षालय सञ्चालनका लागि रु ४० लाख नियोजन गरिएको छ ।

    स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै वार्षिक पोशाक खर्च रु १० हजार र मासिक रुपमा प्राप्त गर्दै आएको यातायात खर्चमा रु ५०० वृद्धि गरिएको छ । 

    श्रमजीवी पत्रकारको बीमा गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ धनुषालाई रु तीन लाख  र  उपमहानगरपालिकाका सम्पूर्ण सञ्चारमाध्यमलाई समानुपातिक ढंगले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन रु तीन लाख विनियोजन गरिएको छ ।

     

    २०७८, आषाढ ११ शुक्रवार०७:०८:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार