बाढी, पहिरो प्रभावित ३ पालिकालाई बुढानिलकन्ठको आर्थीक सहयोग

बाढी, पहिरो प्रभावित ३ पालिकालाई बुढानिलकन्ठको आर्थीक सहयोग

२०७८, आषाढ ११ शुक्रवार

  • 1.7K
    SHARES

  • बाढी, पहिरो प्रभावित ३ पालिकालाई बुढानिलकन्ठको आर्थीक सहयोग

    काठमाडौं । बाढी र पहिरोका कारण सिन्धुपाल्चोकका ३ वटा पालिकालाई काठमाडौंको बुढानिलकन्ठ नगरपालिकाले आर्थीक सहयोग गर्ने भएको छ । 

    असार १ गते आएको महाप्रलयकारी पहिरो र बाढीले सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु र पाचपोखरी थांगपाल गाउँपालिका पूर्णरुपमा प्रभावित छन् । 

    प्रभावित पालिकाहरु मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकालाई बुढानिलकन्ठले क्रमशः १० लाख र ५-५ लाख प्रदान गर्ने निर्णय गरेको हो । 

    'बुढानिलकन्ठ नगरपालिकाले असार ९ गतेको कार्यपालिका बैठकबाटै आर्थीक सहयोग गर्ने निर्णय गरिएको हो', नगर प्रवक्ता नवराज भट्टराईले बताए । 

    २०७८, आषाढ ११ शुक्रवार०२:१४:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार