बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

२०७७, मंसिर ३० मंगलवार

  • 1.3K
    SHARES

  • बाल सुधारगृहमा पठाइयो हत्या आरोपित बालकलाई

    मंसिर ३०, वाग्मती ।

    चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ ।

    जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटाँैडा उपमहानगरपालिका–११ थानाभ-याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो ।

     वाग्मती गाउँपालिका–७ स्थित लामिटारका शेरबहादुर पाख्रिनकी चार वर्षीया छोरी रुबिनाको यही मङ्सिर ३ गते हत्या भएको थियो ।

    बालिकालाई बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।  बालिकाको हत्याको आरोपमा ती बालकलाई मङ्सिर ४ गते प्रहरीले पक्राउ गरेको थियो ।

    २०७७, मंसिर ३० मंगलवार०२:४२:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार