प्रदेश नं २ प्रदेशसभा बैठक बस्नै नपाई स्थगित, अर्को बैठक असार २३ गते

प्रदेश नं २ प्रदेशसभा बैठक बस्नै नपाई स्थगित, अर्को बैठक असार २३ गते

२०७८, आषाढ १६ बुधवार

  • 1.0K
    SHARES

  • प्रदेश नं २ प्रदेशसभा बैठक बस्नै नपाई स्थगित, अर्को बैठक असार २३ गते

    धनुषा । प्रदेश नं २ को मंगलवार बोलाइएको प्रदेशसभा बैठक बस्नै नपाई स्थगन भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगन भएको हो ।

    यही असार १ गते प्रदेशसभामा प्रस्तुत आगामी आव २०७८–७९ को बजेटमाथि छलफल गर्ने गरी मंगलवारको बैठक आह्वान गरिए पनि बस्दै नबसी स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

    उनका अनुसार प्रदेशसभाको अर्को बैठक असार २३ गते बस्ने छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले असार १ गते प्रस्तुत गरेको बजेट प्रस्तुतिपछि त्यही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगन गरिएको थियो ।

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सदस्यले संसदीय विकास कोषको रकम वृद्धि हुनु पर्ने माग राख्दै असार १ गते बैठक अवरुद्ध गरेपछि आजका लागि बैठक आह्वान गरिएको थियो ।

    संसदीय विकास कोषको रकम वृद्धिबारे प्रदेश सरकारले छलफल नगरेपछि बैठक पुनः अवरुद्ध हुने आशंकामा प्रदेशसभा बैठक सारिएको बताइएको छ ।

     

    २०७८, आषाढ १६ बुधवार०७:१७:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार