आपराधिक घटनामा संलग्न तीन पक्राउ

आपराधिक घटनामा संलग्न तीन पक्राउ

२०७७, पौष १ बुधवार

  • 1.8K
    SHARES

  • आपराधिक घटनामा संलग्न तीन पक्राउ

    पौष १, काठमाडौँ । 

    काठमाडौँका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न तीन जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ । 

    काठमाडौँको मित्रनगरबाट दुर्लभ वन्यजन्तु सालकको खबटासहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको छत्रे देउराली घर भएका सुवास तामाङ भन्ने सुजन तामाङ रहेको प्रहरीले जनाएको छ ।

    सालकको खबटा र अस्थिपञ्जर बेचबिखन भइरहेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले तीन फिट छ इञ्च लम्बाइ भएको दुई किलो ३०० ग्राम तौलको सालकको खबटासहित उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको छ । 

    लागुऔषधसहित पक्राउ

    काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ जगडोल डाँडाबाट लागुऔषधसहित प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ । लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा बौद्धबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकका हरि रामदामलाई पक्राउ गरेको हो ।

    उनले चलाएको मोटरसाइकल खानतलासी गर्दा झण्डै एक किलो बराबरको पोलाइन लागुऔषध बरामद गरिएको परिसरले जनाएको छ ।   

    यस्तै मंगलवारै व्यापारीलाई धम्की दिई पैसा माग गर्ने अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको गोठाटार बस्ने २२ वर्षीय उत्तम रिमाल रहेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित जयसवाल मार्केटिङ खाद्यान्न पसल सञ्चालन गर्ने रामलखनप्रसाद शाह शङ्कर जयसवालसँग रु ५० हजार रकम माग गरी धम्क्याएका प्रहरीले जनाएको छ । 

    उनले केही साथीसँगको मिलेमतोमा व्यापारीलाई धम्की दिई रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । अन्य व्यक्ति भने फरार रहेका र खोजी भइरहेको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । 

    २०७७, पौष १ बुधवार०७:१९:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार