हरिणको अवैध शिकार गरेको आरोपमा दुई पक्राउ

हरिणको अवैध शिकार गरेको आरोपमा दुई पक्राउ

२०७८, आषाढ २३ बुधवार

  • 1.0K
    SHARES

  • हरिणको अवैध शिकार गरेको आरोपमा दुई पक्राउ

    झापा । वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् । पक्राउ परेका दुबैसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा रहेको हरिण मारेर खाएको प्रहरीले जनाएको छ । 

    हरिण मारेर घरमा छाला सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हास्दा र टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

    सो घटनामा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजतलास भइरहेकोे उनले बताए । पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्रहरीले जनाएको छ ।

    झापाको जलथल र निचाझोडा जङ्गलमा हरिण, बँदेललगायत वन्यजन्तुको अवैध शिकार हुने गरेको स्थानीयवासी बताउँछन् ।

    वन्यजन्तुको मासु शहरका होटल र उच्च घरानाका व्यक्तिले महँगो मूल्यमा खरिद गर्ने भएकाले चोरी शिकारीमा लागेकाहरु सक्रिय हुने गरेका छन् ।  

    २०७८, आषाढ २३ बुधवार०७:०६:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार