करेन्ट लागेर विद्युत प्राधिकरण कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत प्राधिकरण कर्मचारीको मृत्यु

२०७८, आषाढ २३ बुधवार

  • 1.1K
    SHARES

  • करेन्ट लागेर विद्युत प्राधिकरण कर्मचारीको मृत्यु

    झापा । विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । 

    बिर्तामोड नगरपालिका–४ स्थित जात्रुबाडी बस्ने घाइते भट्टराईको उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पुर्याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    २०७८, आषाढ २३ बुधवार०३:५५:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार