‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

२०७८, आषाढ २६ शनिवार

  • 997
    SHARES

  • ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

    दाङ । पश्चिम दाङको बबइ गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ । सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिइन् ।

    “स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मुल नाराका साथ  सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताउँछिन् । भत्तारकम दुई हजार  हुनेछ । सो  कार्यक्रमलाई गाउँपालिकाले  रु १० लाख बजेट  विनियोजन गरेको छ । 

    गत असार १० गते  आयोजना गरिएको नवौँ नगरसभामा  उपाध्यक्ष  विश्वकर्माले आर्थिक वर्ष २०७८/७९ का लागि  प्रस्तुत गरेको रु ५१ करोड ६४ लाखको बजेट सर्वसम्मतिले पारित भएको छ ।

    कोरोना रोकथाम, कृषि, सिँचाइ, रोजगार तथा विकासका कामलाई  उच्च  प्राथमिकताका साथ नीति तथा बजेटमा समावेश गरिएको छ । “ हाम्रो बबइ राम्रो बबइ, खुसी जनता समृद्ध बबई गाउँपालिका” नाराका साथ ल्याइएको कार्यक्रम तथा बजेटमा गाउँपालिका क्षेत्रमा स्वच्छ र सहज रुपमा खानेपानीको  व्यवस्था गर्नका लागि एक घर एक धारा समावेश गरिएको छ ।

    त्यस्तै सस्कृति र सम्पदा संरक्षण, दलित संग्रहालय निर्माण, अन्य चाडपर्व, महोत्सव सञ्चालनका लागि आवश्यक नीतिसहित रकम छुट्टयाइएको छ ।

    त्यस्तै बङ्गलाचुली गाउँपालिकाले शहिद तथा बेपत्ता परिवार, द्धन्दका घाइते, अपाङ्गता भएकालाई मासिक रु पाँच सय वृत्ति विकासको व्यवस्था  मिलाइएको  गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीले  जानकारी दिइन् ।  

    सो  गाउँपालिकाको गत असार ९ गते  आयोजना गरिएको नवौ  नगरसभामा उपाध्यक्ष घर्तीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ ।

    २०७८, आषाढ २६ शनिवार०७:४०:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार