वाग्मती प्रदेशसभाः दुई आर्थिक विधेयक पारित

वाग्मती प्रदेशसभाः दुई आर्थिक विधेयक पारित

२०७८, आषाढ २८ सोमवार

  • 1.3K
    SHARES

  • वाग्मती प्रदेशसभाः दुई आर्थिक विधेयक पारित

    मकवानपुर । वाग्मती प्रदेशसभाको आइतवार अपराह्न बसेको दोस्रो बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत विनियोजित विधेयक २०७८ बहुमतले पारित गरेको छ । बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पनि बहुमतले पारित गरेको छ ।

    सो बैठकमा विनियोजन विधेयक २०७८ का विभिन्न शीर्षकमा आइतवार छलफल सम्पन्न भयो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रालय र प्रदेश नीति योजना आयोगसंँग सम्बन्धित छलफलमा उठेका राष्ट्रिय सरोकारका विषयमा जवाफ दिँदै कोभिड संक्रमणबाट पीडित सबै प्रदेशवासीलाई अनिवार्य रुपमा खोप लगाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । 

    सोही बैठकमा विनियोजन विधेयकमाथि छलफलमा उठेका विभिन्न राष्ट्रिय सरोकारका विषयमा  आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपाल, कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावा दोर्जे लामा, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल र भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जवाफ दिएका थिए ।  

    प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आज बिहान ८ बजे बस्ने जनाएका छन् । 

    २०७८, आषाढ २८ सोमवार०८:०९:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार