चीनको जियान्सुमा होटल भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना हराए

चीनको जियान्सुमा होटल भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना हराए

२०७८, आषाढ २९ मंगलवार

  • 1.0K
    SHARES

  • चीनको जियान्सुमा होटल भवन भत्किँदा ८ जनाको मृत्यु, नौ जना हराए

    नानजिन । चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको ज्यान गएको छ । सो भवन सोमबार अपरान्ह भत्किएको थियो ।

    त्यसमा परेर आठ जनाको मृत्यु भएको छ भने अरु नौ जना हराइरहेका पनि बताइएको छ । जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका पनि बताइएको छ ।

    सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये आठ जनाको निधन भएको छ भने अरु नौ जना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरुको सकुशल उद्धार गरी निकालिएको थियो ।

    त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

    उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । -एजेन्सी ।

    २०७८, आषाढ २९ मंगलवार०३:११:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार