प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

२०७८, आषाढ ३० बुधवार

  • 925
    SHARES

  • प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

    राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्दछ भनेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् । 

    २०७८, आषाढ ३० बुधवार०९:४९:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार