सार्वजनिक सवारीसाधनको भाडा २८ प्रतिशत सम्म बढ्यो

सार्वजनिक सवारीसाधनको भाडा २८ प्रतिशत सम्म बढ्यो

२०७८, आषाढ ३० बुधवार

  • 1.9K
    SHARES

  • सार्वजनिक सवारीसाधनको भाडा २८ प्रतिशत सम्म बढ्यो

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा २८ प्रतिशत सम्म बढाएको छ । 

    अन्तरप्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको हो ।

    दुई यो सोभन्दा बढी प्रदेशहरु भएर सञ्चालन हुने सार्वजनिक सवारीहरूको भाडा वृद्धि गर्न गत २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाडा समायोजनका लागि स्वीकृति दिएको थियो । त्यस अनुसार २९ असारमा यातायात व्यवस्था विभागले मूल्य बढाएको हो ।

    विभागद्वारा आज जारी विज्ञप्तिमा यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा बढेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।

    bus-bhada.jpg

    २०७८, आषाढ ३० बुधवार०५:४७:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार