'नेपालकै नमूना हो कनकाई सुरुङ्गा' बोलको नगर गीत सार्वजनिक (भिडियो सहित) 

'नेपालकै नमूना हो कनकाई सुरुङ्गा' बोलको नगर गीत सार्वजनिक (भिडियो सहित) 

२०७८, आषाढ ३१ बिहिवार

  • 4.1K
    SHARES

  • 'नेपालकै नमूना हो कनकाई सुरुङ्गा' बोलको नगर गीत सार्वजनिक (भिडियो सहित) 

    झापा । कनकाई नगरपालिकाको 'नेपालकै नमूना हो कनकाई सुरुङ्गा' बोलको नगर गीत सार्वजनिक भएको छ।

    पत्रकार सरोज कोईराला, गायीका अस्मिता अधिकारी, भानुभक्त ढकाल र टीका भट्टराई नेपाल समेतको स्वरमा रहेको गीत आज सार्वजनिक गरिएको हो । 

    टिका भट्टराई नेपालको शव्द रचनामा रहेको गीतमा सरोज कोइरालाले संगीत भरेका छन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ । 

    उत्कृष्ट पर्यटकिय नगरी कनकाई नगरपालिका नेपालकै सुन्दर र मनमोहक नगरमा पर्दछ ।

    धार्मिक, सांस्कृतिक र प्राकृतिक मनोरमले भरिएको नगर गीतलाई शव्दद्धारा सजाउने प्रयास टिका भट्टराई नेपालले गरेकी छन् भने छायांकन मार्फत उत्तिकै आकर्षक बनाउने कार्य धर्मराज प्रसाईँले गरेका छन् । 

    २०७८, आषाढ ३१ बिहिवार१०:१८:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार