ब्राउनसुगरसहित चार पक्राउ

ब्राउनसुगरसहित चार पक्राउ

२०७८, श्रावण ३ आइतवार

  • 969
    SHARES

  • ब्राउनसुगरसहित चार पक्राउ

    उदयपुर । बेलका नगरपालिका–९ भतुवाबाट गएराति गोप्य सूचनाका आधारमा लागुऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा बेलका–२ का ३७ वर्षीय विनोद परियार, बेलका–९ का ३६ वर्षीय दिनेश खड्का, बेलका–७ का २८ वर्षीय मेजरमान राई र अर्का २९ वर्षीय जीवन राई रहेका छन् ।

    गएराति १०ः०० बजेतिर इलका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको र उनीहरुका साथबाट झण्डै ७५ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । 

    पक्राउ गरिएका अभियुक्तले भारतबाट सप्तरीको बाटो हुँदै ब्राउनसुगर बेलका भित्र्याइएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ ।

    पक्राउ गरिएको चारैजना व्यावसायिक लागुऔषध ओसारपसार पेशामा संलग्न रहँदै आएको र गएराति पनि गोप्य सूचनाका आधारमा उनीहरुले कारोबार गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ गरिएकालाई आजै प्रहरीले जिल्ला अदालतमा म्याद थप गरेर लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

    २०७८, श्रावण ३ आइतवार०६:३८:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार