बङ्लादेशमा सवारी दुर्घटनाका कारण छको मृत्यु, ४० घाइते

बङ्लादेशमा सवारी दुर्घटनाका कारण छको मृत्यु, ४० घाइते

२०७८, श्रावण ४ सोमवार

  • 2.1K
    SHARES

  • बङ्लादेशमा सवारी दुर्घटनाका कारण छको मृत्यु, ४० घाइते

    ढाका । बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन् । 

    देशको मिथापुकुर उपाजिला अन्तर्गत पर्ने रङ्गपुरमा आइतबार दुई यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको हो ।   

    स्थानीय समयअनुसार विहान ८ बजे एउटा बसका चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

    घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।- एजेन्सी । 

    २०७८, श्रावण ४ सोमवार०७:११:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार