कोरोना संक्रमण बढेपछि झापाको बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

कोरोना संक्रमण बढेपछि झापाको बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

२०७८, श्रावण ५ मंगलवार

  • 4.3K
    SHARES

  • कोरोना संक्रमण बढेपछि झापाको बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

    झापा । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो ।

    पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्णरूपमा बन्द गरिने बताए । अत्यावश्यक सेवा भने सञ्चालन गरिने उनको भनाइ छ ।

    उनले मेची राजमार्गमा आवतजावत हुने सवारी साधनलाई भने रोक नलगाइएको बताए । वडाहरुमा गरिने एन्टिजेन परीक्षणबाट दैनिक ३५ देखि ४० जनासम्ममा पोजेटिभ देखिएपछि बाध्य भएर पालिका बन्द गर्नुपरेको बताए । 
     
    पछिल्लो समय कोरोना सङ्क्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि तथा स्थानीय प्रशासनको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

    कोरोना सङ्क्रमितहरु नै बजारसम्म तरकारी किन्न जाने र बेवास्ता गर्दै खुलेआम हिँडिरहने कारण पनि कोभिड–१९ को सङ्क्रमण दर बढेको उनको भनाइ छ ।

    पालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले दोस्रो लहरको कोभिड–१९ को भेरियन्टमा मात्र १४ जनाको मृत्यु भइसकेको बताए । उनका अनुसार पालिकाभित्र हालसम्म ३५० सक्रिय सङ्क्रमित रहेका छन् ।

    २०७८, श्रावण ५ मंगलवार०८:१७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार