जमेको पानीको निकास खोल्ने क्रममा झडप हुँदा १३ प्रहरी घाइते

जमेको पानीको निकास खोल्ने क्रममा झडप हुँदा १३ प्रहरी घाइते

२०७८, श्रावण ६ बुधवार

  • 1.8K
    SHARES

  • जमेको पानीको निकास खोल्ने क्रममा झडप हुँदा १३ प्रहरी घाइते

    सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–  ३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा आज साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् ।

    वडा नं ३ र २ को बीचमा पर्ने ‘छ लेन’ सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने क्रममा २ नम्बरका वडावासीले अवरोध सिर्जना गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । त्यस क्रममा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी राउण्ड अश्रुग्यासको प्रयोग गर्नुपरेको अधिकारीले बताए ।  
     
    जमेको पानी निकास नहुँदा वडा नं ३ स्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनसमेत डुबानमा परी विद्युत् आपूर्ति बन्द हुने र विद्युतीय उपकरणमा ठूलो क्षति पुग्ने देखिएकाले प्रहरीको पहलमा होचो भूभाग रहेको वडा २ तर्फ जमेको पानी निकास गर्ने प्रयास गरिएको थियो । 
     
    प्रहरी उपरीक्षक अधिकारीले भने, “अहिले स्थिति सामान्य हुँदैछ, घाइते प्रहरीको अवस्था खतरामुक्त छ ।” केही दिनदेखि भइरहेको वर्षासँगै वडा नं ३ को कृषि हाटबजार, नेपाल विद्युत् प्राधिकरणको कार्यालय, विशालनगरलगायतका टोल आसपासमा दुई तीन फिटसम्म पानी जमेको छ ।

    २०७८, श्रावण ६ बुधवार०७:३७:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार