चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

२०७८, श्रावण ८ शुक्रवार

  • 949
    SHARES

  • चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

    नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । 

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए ।

    योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८-७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ । 

    २०७८, श्रावण ८ शुक्रवार०७:४६:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार