सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

२०७८, श्रावण ८ शुक्रवार

  • 1.0K
    SHARES

  • सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

    सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थालाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । 

    कोरोना जोखिमका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामा, स्वास्थ्य संयोजक दानबहादुर बोहरा र ध्रुव सिंहको पहलमा अक्सिजन कन्सनट्रेटरसहित रु नौ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । 
        
    राष्ट्रिय आविष्कार केन्द्रबाट तीन र बौद्धिष्ट विहार बूढानीलकण्ठ काठमाडौँबाट एक गरी प्राप्त कूल चार वटा अक्सिजन कन्सन्ट्रेटर गाउँपालिकाभित्रका ठेहे, बरगाउँ, डाडाफयाँ र स्याडा स्वास्थ्यचौकीमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले जानकारी दिए । 

    आवश्यकताको पहिचान गरी ती स्वास्थ्य सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लामाले बताए । 

    २०७८, श्रावण ८ शुक्रवार०३:५२:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार