झापा । कोभिड संक्रमण तिब्र गतिमा फैलिएपछि झापाको कनकाई नगरपालिका भोलि रातिदेखि एक हप्ताका लागि शिल हुने भएको छ ।
नगरपालिका भित्र कोभिड संक्रमण बढ्न थालेपछि नगर कोभिड समितिको आज बसेको बैठकले भोलि श्रावण ९ गते राति १०ः०० बजेबाट १६ गते राति १०ः०० बजे सम्म एक हप्ताका लागि शिल गर्ने भएको हो ।
शिल गरिएको समय अवधिभर नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेक सम्पूर्ण सेवाहरुका साथै पसल, बैंक लगाएत सबै व्यवसायहरु पनि बन्द गरिएको आज प्रेषित सूचनामा जनाइएको छ ।
