प्रकाश सापकोटाको 'जिम्माल बाको छोरो' सार्वजनिक

प्रकाश सापकोटाको 'जिम्माल बाको छोरो' सार्वजनिक

२०७८, श्रावण १० आइतवार

  • 2.0K
    SHARES

  • प्रकाश सापकोटाको 'जिम्माल बाको छोरो' सार्वजनिक

    काठमाडौं । गीतकार प्रकाश सापकोटाको 'जिम्माल बाको छोरो' बोलको गीत सार्वजनिक भएको छ । जिम्माल बाको छोरो गीतको सर्जक प्रकाश सापकोटा जो पेशाले शिक्षक हुन् । 

    गीतमा इन्दिरा जोशी र रमेश बाबुको आवाज रहेको छ ।

    भिम बहादुर श्रेष्ठको संगीत रहेको गीतको छायाकन बुद्ध थापाले र सम्पादन विकास दाहालले गरेका छन् । 

    गीतको म्युजिक भिडियोमा दिलिप रायमाझी, इन्दिरा जोशी, कमल सिंह, गीता ढुङ्गानाको अभिनय रहेको छ ।

    गीतकार सापकोटाका भिरको कमेरो (दोहोरी गीत), परदेशी र जिम्माल बाको छोरो गरी तीनवटा म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । यसैगरी सापकोटाका दर्जनभन्दा बढी गीत रेकर्डिङ भई बजारमा सार्वजनिक हुने क्रममा रहेका छन् ।

    गीतको म्युजिक भिडियो ठुलो पर्दा टिभी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

    भिडियो:

    २०७८, श्रावण १० आइतवार०९:२०:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार