दलित समुदायबारे थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने

दलित समुदायबारे थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने

२०७८, श्रावण १५ शुक्रवार

  • 1.2K
    SHARES

  • दलित समुदायबारे थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने

    काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

    जागरण मिडिया सेन्टरले विहिवार यहाँ आयोजना गरेको ‘समावेशीकरण र राजनीतिक प्रतिबद्धता’ विषयक अन्तक्र्रियामा नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले दलितका विषयमा केही पनि भएन भन्दै गुनासो मात्रै गर्नेभन्दा पनि भएको अधिकारलाई जोगाउँदै अन्य अधिकार प्राप्त गर्न सङ्गठित हुनुपर्ने बताए ।  
     
    दलित समुदायले भोग्दै आएको आर्थिक, सामाजिक र राजनीतिक समस्यालाई एकमुष्ठरुपमा समाधान खोज्नुपर्ने उनको भनाइ थियो । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य शक्ति बस्नेतले सबै राजनीतिक पार्टीलाई लोकतन्त्रको व्यावहारिक कार्यान्वयनका लागि आग्रह गर्दैै आफ्नो पार्टीले दलित समुदायका बारेमा पार्टीभित्र विशेष अधिकारको नीति अघि सारेको बताए ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य बन्द्री पाण्डेले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणका लागि पनि दलित समुदायले भोग्दै आएको समस्या समाधान गर्नुपर्ने बताए । सांसद दुर्गा पौडेलले दलित समुदायका निम्ति दलित दलितबीच प्रतिस्पर्धा हुनेगरी छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड दिइन् । 

     

     

    २०७८, श्रावण १५ शुक्रवार०७:४१:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार