युवा वैज्ञानिक परियोजना कार्यान्वयनमा

युवा वैज्ञानिक परियोजना कार्यान्वयनमा

२०७८, श्रावण १५ शुक्रवार

  • 1.5K
    SHARES

  • युवा वैज्ञानिक परियोजना कार्यान्वयनमा

    वाग्मती । वाग्मती प्रदेश सरकारले कार्यान्वनमा ल्याएको युवा वैज्ञानिक नवप्रवद्र्धन परियोजनामा युवाको आकर्षण वृद्धि भएको छ । 
     
    यसका लागि सामाजिक विकास मन्त्रालयले ‘युवा वैज्ञानिक प्रोत्साहन कोष (स्थापना र सञ्चालन) कार्यविधि, २०७५’ जारी गरेको थियो ।  परियोजनाअन्तर्गत फरक र पृथक शैलीका पाँच विभिन्न परियोजनाले प्रारम्भिक प्रगति हासिल गरेको जनाइएको छ । 

    युवा वैज्ञानिकको समुहबाट पुराना गाडीको पेट्रोलियम इञ्जिन विस्थापित गरी विद्युतीय उपकरण जडान गर्ने , दाँतको प्रत्यारोपण गर्ने , थौरै स्थानमा धेरै माछापालनको गर्ने    र उच्च पहाडी क्षेत्रमा पाइने च्याउको बीउ उत्पादन गर्ने विधिलगायतका परियोजना कार्यान्वयको चरणमा छ । 

    मन्त्रालयमा पेश गरी छनोट भएका प्रस्तावित परियोजनालाई सम्पन्न गर्न अनुदान दिइने गरिन्छ । कार्यान्वयनमा रहेका सबै परियोजनाबाट प्रारम्भिक उपलब्धि हासिल भएको युवा तथा खेलकूद महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले जानकारी दिए ।

    प्रदेशभित्र कृषि, उद्योग, पर्यटन, जलवायु तथा वातावरण, जैविक विविधता, जनस्वास्थ्य, जीव प्रविधि, सूचना प्रविधि, इञ्जिनीयरिङ, यातायात, नवीकरणीय ऊर्जा, विद्युत्–सङ्ग्रह जस्ता क्षेत्रमा उत्पादन, उत्पादकत्व वृद्धि गर्न सहयोग प्रदान गरिने कोषले जनाएको छ ।

    यसैगरी  मानवीय–जीवन–पद्धतिलाई सरल तथा सहज बनाउन नयाँ ज्ञान तथा प्रविधि अनुसन्धान, विकास र व्यावसायिक उपयोग गर्न प्रतिभाशाली नवप्रवर्तक वा नवप्रवर्तक कम्पनीलाई आर्थिक सहयोग तथा वस्तुगत अनुदान उपलब्ध गराउने कोषको उद्देश्य छ ।

    कोषका अध्यक्षमा सामाजिक विकासमन्त्री, सदस्य सचिवमा मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका प्रमुख रहने प्रावधान रहेको छ भने कोषको सदस्यमा मन्त्रालयका सचिवसहित प्रदेशमा स्थायी बसोबास भएका लब्ध प्रतिष्ठित व्यक्तिमध्येबाट एक जना महिलासहित अन्य दुई जना सदस्य मन्त्रालयले मनोनीत गरेको व्यक्ति रहने व्यवस्था छ । 

    परियोजनाको हालसम्म भएको उपलब्धिबारे हालै मुख्यमन्त्री डोरमणि पौडेललेसमेत जानकारी लिएका छन् । युवा वैज्ञानिकको पाँच  समूहले विभिन्न क्षेत्रमा खोजमूलक र प्रविधिमूलक परियोजना कार्यान्वयन गरेको छ । 

    सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र राज्यमन्त्री डा रामकुमार अधिकारीले युवा वैज्ञानिकको पहिचानका लागि सरकार लागिपर्ने बताए । 

    युवा वैज्ञानिक वसन्त आलेले आफ्नो समूहले चितवन राष्ट्रिय निकुञ्जमा प्रयोग गरिने गाडीको पेट्रोलियम इन्जिन हटाइ विद्युतीय जीपमा परिणत गराउन सफलता  मिल्दै गएको जानकारी दिए  ।

    वैज्ञानिक भुवन गुरुङले आफ्नो समूहले वनस्पतिमा पाइने रसायनको अनुसन्धान गरिरहेको बताए । अर्का युवा वैज्ञानिक रोजिना थापाले माछा पाल्ने बायोफ्ङ्गल प्रविधिमा प्रयोग हुने जिवाणु एक प्रकारको ब्याक्टेरिया स्वदेशमै उत्पादन गर्न सफलता प्राप्त भएको दाबी गरे । 

    उनले उक्त ब्याक्टेरियाको प्रयोगबाट माछापालन गर्दा दानाको प्रयोेग गर्नु नपर्ने गरी अध्ययन अगाडि बढाइएको जानकारी दिए । अत्यन्तै महँगो मूल्यमा विदेशबाट आयात गर्नुपर्ने ब्याक्टेरिया स्वदेशमै उत्पादन गर्नसके माछापालक किसानको उत्पादन लागत कम हुने उनले बताए । 

    यसैगरी युवा वैज्ञानिक चिकित्सक पराक्रम पराजुलीले दाँतको प्रत्यारोपण गर्ने नयाँ विधि पत्ता लगाएको दाबी गरे । उनका अनुसार हाल विश्वमा दाँत प्रत्यारोपण गर्ने दुई  प्रविधि मात्र रहेकामा आफूहरुले तेस्रो प्रविधि पत्ता लगाएको र यो प्रविधि अत्यन्तै सस्तो रहेको जानकारी दिए ।

    यसैगरी युवा वैज्ञानिक प्रमेश पोखरेलले  उच्च पहाडी क्षेत्रमा पाइने च्याउको बीउ उत्पादन गरी प्रदेशको हरेक भूभागमा उत्पादन गर्न मिल्ने गरी अनुसन्धान गरिरहेको बताए ।

    पाँच परियोजनालाई रु दुई करोड १० लाख २८ हजार बजेट छुट्याएकामा हालसम्म ८७ लाख २० हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले चालू आव ०७८/०७९ मा रु पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेकोे छ । 

    फार्मेसी शुभारम्भ 

    वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले  हेटाँैडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ९औषधालय० मकवानपुरद्वारा सञ्चालित फार्मेसीको आज शुभारम्भ गर्दै  आयुर्वेदको विकास र विस्तार गर्न प्रदेश सरकारले जोड दिएको बताए । 

    कार्यक्रममा तत्कालीन  संविधानसभा सदस्य अनन्त पौडेल र प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले आयुर्वेदका विकासमा ध्यान दिन आग्रह  गरे ।

    केन्द्रका अध्यक्ष मधु बजगाईं क्षेत्री र  प्रमुख डा सृष्टि श्रेष्ठले  केन्द्रको गतिविधिबारे जानकारी दिइएको थियो । सो केन्द्रको औषधालयले गत आर्थिक वर्ष २० ७७/७८ मा ११ हजार ७०० बिरामीको उपचार गरेको थियो ।

    २०७८, श्रावण १५ शुक्रवार०३:००:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार