३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ

३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ

२०७८, श्रावण १५ शुक्रवार

  • 1.1K
    SHARES

  • ३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । तेत्तिस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजे मामा भन्ने भोजराज भण्डारीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

    उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ । मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ ।

    २०७८, श्रावण १५ शुक्रवार११:०८:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार