आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या

आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या

२०७८, श्रावण १६ शनिवार

  • 1.6K
    SHARES

  • आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या

    बग्दाद । इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् ।

    ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।  

    सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पुर्याइएको छ ।

    उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए ।

    उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ ।- एजेन्सी । 

    २०७८, श्रावण १६ शनिवार०२:०९:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार