मेलम्ची बाढी अपडेट : लाइफ लाइन मानिएको चनौटेको रातो पुल बगायो

मेलम्ची बाढी अपडेट : लाइफ लाइन मानिएको चनौटेको रातो पुल बगायो

२०७८, श्रावण १७ आइतवार

  • 921
    SHARES

  • मेलम्ची बाढी अपडेट : लाइफ लाइन मानिएको चनौटेको रातो पुल बगायो

    सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी एवं सो क्षेत्रका अगुवा हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।

    मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र लाइफ लाइन विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

    त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । 

    मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

    यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।

    २०७८, श्रावण १७ आइतवार०८:५९:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार