सन्तानेश्वर महादेव मन्दिर परिसरमा बेलका बिरुवा रोपण

सन्तानेश्वर महादेव मन्दिर परिसरमा बेलका बिरुवा रोपण

२०७८, श्रावण १८ सोमवार

  • 1.9K
    SHARES

  • सन्तानेश्वर महादेव मन्दिर परिसरमा बेलका बिरुवा रोपण

    ललितपुर । गोदावरी नगरपालिका–ं १३ स्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउनको तेस्रो सोमबार बेलका बिरुवा रोपिएका छन् । 

    विसं २०६९ देखि हरेक वर्ष साउनको दास्रो  सोमबार  विभिन्न जातका फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने गरिएकामा आज ५४ बेलका बिरुवा रोपिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद खडकाले बताए ।

    उनले भने, “यसअघि कटुस, रुद्राक्ष, अमलालगायत ३५ जातका बिरुवा रोपेर हुर्काइरहेका छाँै । यसवर्ष भने भगवान् भोलेनाथको प्रिय बस्तु बेल रोप्याँै । यस स्थानको हावापनीमा राम्ररी बेल हुर्किए अर्को ५४  थप गरी १०८ बोट पु-याउने योजना छ”।

    मन्दिर परिसरमा १५० रोपनी जमिन रहेकाले दैनिक खर्च व्यवस्थापनका लागि फलफूल तथा औषधिजन्य बिरुवाको उत्पादनमा जोड दिइएको छ । 

    सतीदेवीको माथिल्लो ओठ पतन भएर उत्पति भएको सन्तानेश्वरको प्राकृतिक स्वरुपको दर्शन गरे सन्तान प्राप्त हुने धार्मिक मान्यताले  कोरोना महामारीको बेवास्ता गर्दै बिहानै देखि श्रद्धालुभक्तजन मन्दिर भित्रिरहेका पुजारी गङ्गाराम गौतमले बताए । 

    २०७८, श्रावण १८ सोमवार०३:१२:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार