मुख्यमन्त्रीद्वारा विवाहपञ्चमीको शुभकामना

मुख्यमन्त्रीद्वारा विवाहपञ्चमीको शुभकामना

२०७७, पौष ३ शुक्रवार

  • 1.7K
    SHARES

  • मुख्यमन्त्रीद्वारा विवाहपञ्चमीको शुभकामना

    पौष ३, जनकपुर ।


     मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बीप्रति शुभकामना व्यक्त गरेका छन् ।

     मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको सन्देशमा त्रेतायुगमा माता सीता र भगवान् रामको विवाह भएको संस्मरणमा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बी तथा महोत्सवमा सहभागी हुन जनकपुर पाल्नुभएका श्रद्धालु भक्तजनप्रति शुभकामना व्यक्त गरिएको उल्लेख छ ।

     मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाई पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । रामजानकी विवाहपञ्चमी धार्मिक एवं सांस्कृतिक विधिपूर्वक शनिबार जनकपुरधाममा उल्लासमय वातावरणमा मनाइने भएको छ ।

    २०७७, पौष ३ शुक्रवार०१:३८:००
    प्रतिक्रिया
    सम्बन्धित समाचार