राजस्व छली गरेको अभियोगमा मुद्दा

राजस्व छली गरेको अभियोगमा मुद्दा

२०७८, श्रावण २० बुधवार

  • 1.1K
    SHARES

  • राजस्व छली गरेको अभियोगमा मुद्दा

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ ।

    विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको पाइएपछि अनुसन्धान शुरु गरिएको थियो । 

    यस्तै ज्ञवालीले पेश गरेको विवरण र आय विवरणमा बिक्री आय लुकाएको, मालवस्तु बिक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरीको मालवस्तु बिक्री गरेको पाइएको छ ।

    विभागका अनुसार ज्ञवालीविरुद्ध बिगोबमोजिम रु सात करोड ३७ लाख ७५ हजार ५७६ र त्यसको शतप्रतिशत जरिवानासमेत हुने गरी मुद्दा दायर गरिएको जनाएको छ । 

    २०७८, श्रावण २० बुधवार०७:४१:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार